च्याउ खाँदा थप एकको मृत्यु

पाल्पा । निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडामा जंगली च्याउ खाँदा मृत्यु थप एक जनाको मृत्यु भएको  छ । मृत्यु हुनेको संख्या दुई पुगेको छ । आइतबार दिउसो चार बजे चार वर्षीय विष्णु सिंह ठकुरीको उपचारका क्रममा मृत्यु भएको हो ।

विशालुच्याउ खाँदा शनिबार ९ वर्षकी निर्मला सिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए । तरकारी खाँदा दुईजनाको मृत्यु भएको छ भने ८ जना गम्भीर बिरामी परेका छन् । विशालुच्याउ खाएर ९ वर्षकी निर्मला सिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए । उनीहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुने र बिरामी पर्नेहरु सार्कीडाँडाका तीन परिवारका हुन् । च्याउ खाएर बिरामी हुनेमा चार वर्षकी विष्णु सिंह ठकुरी,५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षकी छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुर सिंह ठकुरी, ३० वर्षीय दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी रहेको झिरुवासका वडाध्यक्ष लक्ष्मीप्रसाद पाटामगरले बताए ।

उनीहरुको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । नवलपुरको सीमानामा पर्ने सार्कीडाँडा जिल्लाकै दुर्गम गाउँ हो ।

शुक्रबार बेलुकी च्याउ खाएका उनीहरु शनिबार अपरान्हबाट बिरामी पर्न थालेका हुन् । वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि लगिएको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको