सालका रुख काट्ने २६ दिनमा छुटे

पाल्पा । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीस्थित ढाबमा सालका दुई सय ७२ वटा सालका रुख काट्ने स्थानीय चार जनालाई जिल्ला अदालतले पाल्पाले जनही दुई हजार रुपैयाँ धरौटीमा छोडेको छ । उनीहरुलाई न्यूनतम धरौटीमा छुटाउन सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाले आईतबार तानसेनमा विरोध सभा गरेको थियो ।
विद्युत विस्तार गर्दा पोल तथा तार बिछ्याउने ठाउँभन्दा बाहिरका सालका रुखहरु काटेपछि जिल्ला वन कार्यालय पाल्पाले स्थानीयमध्ये चार जनालाई पक्राउ गरी हिरासत पठाएको थियो । २६ दिन अघि पक्राउ परी हिरासतमा रहेका ती चारजना न्यूनतम धरौटीमा सोमबार छुटेका छन् ।

आईतबारको बिरोध सभा महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठको योजनामा भएको हो । जिल्ला वन कार्यालय पाल्पाले यसअघि स्थानीय मिनबहादुर पुन, चित्रबहादुर कुमार, हुमबहादुर सारु र टोमबहादुर कुमाललाई पक्राउ गरी हिरासत पठाएको थियो । सोमबार जिल्ला अदालत पाल्पामा बयान सकिए लगत्तै उनीहरु छुटेका हुन् ।

समाचार स्रोतका अनुसार पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेले उनीहरुलाई छुटाउन पहल गरेका थिए । उनले आईतबार पाल्पा जिल्ला अदालतमा गएर यसबारे पहल गरेका एक स्थानीयले उल्लेख गरे । पाण्डेले आईतबार जिल्ला अदालत पाल्पाका न्ययाधिशलाई भेटेर उनीहरुलाई न्यूनतम धरौटीमा छुटाउन पहल गरेका बताइएको छ ।

टोलिफोन जिज्ञासामा पाण्डेले भने, ‘मैले चाहेमा सबैलाई भेट्न सक्छु, आज पनि आएर प्रधानमन्त्रीलाई भटें ।’ पाल्पामा न्यायाधिसलाई चाही नभेटेको उनले प्रतिक्रिया दिए । नियमत ः कुनै पनि नेताले अदालतलाई प्रभाव पार्ने गरी कुनै गतिविधि गर्न पाईदैन । समाचारस्रोतका अनुसार अदालतले २५ लाख रुपैयाँ धरौटी माग गर्ने तयारी गरेपछि न्यूनतम कारवाहीको लागि महासंघले आईतबार विरोध सभा गरेको थियो । विरोध सभाको लागि रुख काटिएको स्थल जावुने सामुदायिक वन जोगदमार र चन्द्राकार सामुदायिक वन ढाबका दुई गाडी मानिस लिएर वडाका वडा सदस्य सुर्यबहादुर कार्की आईतबार तानसेन पुगेका थिए ।

को सीमास्थत पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङगढीस्थित ढाबमा सालका दुई सय ७२ वटा सालका रुख काट्ने स्थानीय चार जनालाई जिल्ला अदालतले पाल्पाले जनही दुई हजार रुपैयाँ धरौटीमा छोडेको छ ।
उनीहरुलाई न्यूनतम धरौटीमा छुटाउन सामुदायिक वन उपभोक्ता महासंघ पाल्पाले आईतबार तानसेनमा विरोध सभा गरेको थियो ।
विद्युत विस्तार गर्दा पोल तथा तार बिछ्याउने ठाउँभन्दा बाहिरका सालका रुखहरु काटेपछि जिल्ला वन कार्यालय पाल्पाले स्थानीयमध्ये चार जनालाई पक्राउ गरी हिरासत पठाएको थियो । २६ दिन अघि पक्राउ परी हिरासतमा रहेका ती चारजना न्यूनतम धरौटीमा सोमबार छुटेका छन् ।
आईतबारको बिरोध सभा महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठको योजनामा भएको हो । जिल्ला वन कार्यालय पाल्पाले यसअघि स्थानीय मिनबहादुर पुन, चित्रबहादुर कुमार, हुमबहादुर सारु र टोमबहादुर कुमाललाई पक्राउ गरी हिरासत पठाएको थियो । सोमबार जिल्ला अदालत पाल्पामा बयान सकिए लगत्तै उनीहरु छुटेका हुन् ।
समाचार स्रोतका अनुसार पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेले उनीहरुलाई छुटाउन पहल गरेका थिए । उनले आईतबार पाल्पा जिल्ला अदालतमा गएर यसबारे पहल गरेका एक स्थानीयले उल्लेख गरे । पाण्डेले आईतबार जिल्ला अदालत पाल्पाका न्ययाधिशलाई भेटेर उनीहरुलाई न्यूनतम धरौटीमा छुटाउन पहल गरेका बताइएको छ । टोलिफोन जिज्ञासामा पाण्डेले भने, ‘मैले चाहेमा सबैलाई भेट्न सक्छु, आज पनि आएर प्रधानमन्त्रीलाई भटें ।’ पाल्पामा न्यायाधिसलाई चाही नभेटेको उनले प्रतिक्रिया दिए । नियमत ः कुनै पनि नेताले अदालतलाई प्रभाव पार्ने गरी कुनै गतिविधि गर्न पाईदैन ।
समाचारस्रोतका अनुसार अदालतले २५ लाख रुपैयाँ धरौटी माग गर्ने तयारी गरेपछि न्यूनतम कारवाहीको लागि महासंघले आईतबार विरोध सभा गरेको थियो । विरोध सभाको लागि रुख काटिएको स्थल जावुने सामुदायिक वन जोगदमार र चन्द्राकार सामुदायिक वन ढाबका दुई गाडी मानिस लिएर वडाका वडा सदस्य सुर्यबहादुर कार्की आईतबार तानसेन पुगेका थिए ।

तपाईको प्रतिक्रिया