दुर्घटनामा पत्रकारको मृत्यु , टिपरले ब्याक गरेर मारयो

सुर्खेत ।सुर्खेतमा दुर्घटनामा परि एक जना पत्रकारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नन्द बहादुर गेलाङ्ग रहेका छन् । गेलाङ सुर्खेतबाट प्रकाशन हुने पहिचान दैनिकका सम्पादक र नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव समेत  रहेका गेलाङ्ग सवार मोटरसाईकललाई भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

छिन्चुबाट मेहलकुना जाँदै गरेका गेलाङ्ग सवार भे८प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुम पश्चिमबाट आइरहेको बा५ख १६८३ नम्बरको टिपरले ठक्कर दिएको थियो । आफ्नै साईडमा गुडिरहेको मोटरसाईकललाई टिपरले ठक्कर दिएको प्रहरीको भनाई छ । टिपर ठक्कर दिएलगत्तै चालकले गाडी ब्याक गरेर गेलाङ्गलाई मारिएको बताईएको छ । घटनापछि चालक फरार रहेका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया