माझी समुदाय अब ढुक्कले निदाउन पाउने भए

पाल्पा । नेपाल सरकारले देशभर खरका छाना हटाउने अभियान चलेको छ । पाल्पामा पनि स्थानीय तहहरुले यसलाई निरनतरता दिएका छन । पाल्पाको तानसेन नगरपालिकाले पनि खरका छाना विस्तापित गर्ने कार्यको सुरुवात गरेको छ ।

नगरपालिकाले वडा नम्बर १३ छेरलुङ्गका अति विपन्न समुदमयलाई जस्ता पाता वितरण गरेर यसको सुरुवात गरेको हो । तानसेन नगरपालिकाले जिल्लाकै विपन्न समुदायका दलित तथा सिमान्कृत परिवारलाई खरका छाना हटाउन जस्ता पाता वितरण गरेको छ । नगरपालिकाले नगरभित्रको अति विपन्न समुदायको बसोबास रहेको वडा नम्बर १३ छेरङ्गका २० परिवारलाई जस्तापाता वितरण गरेको हो ।

वर्षायाम सुरु हुन लाग्दा नगरभित्रका विपन्न परिवारहरुले खरका छाना हटाएर जस्ताले छाउनका लागी सहयोग पुर्याउनका लागी जस्ता वितरण गरेको तानसेन नगरपालिकाका मेयर अशोक कुमार हाहीले बताए । उनले नगरपालिकाले युवा स्वरोजगार, महिला उद्यमीलाई विशेष तालिम र आयमुलक कामका लागी नगरपालिकाले सहयोग गर्ने बताउदै नगरपालिकाले विपन्न र दलित परिवारलाई निः शुल्क स्वास्थ्य विमाको कार्यक्रम ल्याएको जानकार दिए । जस्तापाता पाएसंगै स्थानीयहरुमा खुसि छाएको छ ।

जस्ता पाता पाएसंगै खर डाडाभाटाको नपाउने समस्या हठेको स्थानीय मान कुमारी माझीले बताईन । दैनिक रुपमा मजदुरी गरेर घर फर्किदा पानी छिरेर भत्किने र चुईने समस्या हटाउन तानसेन नगरपालिकाले सहयोग गरेको स्थानीय बल बहादुर विश्वकर्माले बताए । गाउँमा खरको महंगीसंगै दैनिक ज्याला ६ सय भन्दा बढी र कामदारको अभावमा वर्षायाममा घर छोन समेत नसकेका यहाँका विपन्न समुदायहरुले नगरपालिकाले सहयोग गरेसंगै बषातमा समेत खुसिसाथ बस्न  पाउने भएका छन । दिनभर मेलापातमा गएर जिविका चलाउने यहाँ माझी समुदायमा घरभित्र पानी छिरेर बस्नु पर्ने बाध्यता समेत हटेको छ ।

तानसेन नगरपालिकाले नगरभित्रका विपन्न समुदायसंगै खरका छाना हटाउने अभियानको सुरुवातको रुपमा जस्तापाता वितरण गरेको हो । नगरपालिका र वडा कार्यालयले जनताका समस्या बझेस सम्बोधन गर्दे आएको तानसेन नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष टुक प्रसाद भट्टराईले बताए । उनले आफ्नो वडाका सबै नागरिकलाई उद्यमी बनाउने कार्यको थालनी गरेको बताए । वडा नम्बर १३ मका महिलाहरुका लागि उद्यमशिलता मुलक तालिमहरु संचालन गरेको समेत उनले बताए ।

आर्थिक अभावमा घरमा खरका छानामुनि जोखिमको जिवनयापन विताउर्दै आएका यहाँका अति विपन्न माझी र दलित समुदायको बसोबास रहेको छ । स्थानीय सरकार विपन्न समुदायको जिवनस्तर उकास्नका लागी आयमुलक तालिमहरु समेत संचालन गरेको छ । यसलाई निरन्तरता दिनु जरुरी छ ।

तपाईको प्रतिक्रिया