पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाका विभिन्न बरामत गरेको अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । कार्यालयका डि एस पि कृष्णराज सापकोटको कमाण्डमा खटिएका टोलीले बरामद गरेको घरेलु मदिरा पत्रकार सम्मेलन गरि नष्ट गरिएको हो । बरामद गरिएको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ सहित करिब ११ सय लिटर पदार्थ जिल्ला प्रहरी कार्यालय पाल्पाको परिसर भित्र नष्ट गरिएको छ । गाउँबस्तीमा अझैसम्म पनि जिविकोपार्जनका लागि घरेलु मदिरा उत्पादन गर्दै आएका परिवारले भने प्रसासनले मदिरा बरामद गर्दा आफ्नो परिवार चलाउन समस्या भएको गुनासो गरेका छन । जिविका चलाउनका लागि उत्पादन गर्ने घरेलु मदिरालाई सरकारले निश्चित मापदण्ड निर्माण गरि विक्रि वितरणमा सहयोग गर्न स्थानीयको माग रहेको छ ।
यसैबिच जिल्ला प्रहरी कार्यालयल पाल्पाले २ रोपनी क्षेत्रफमा रहेको अबैध गाँजाका बाटहरु नष्ट गरेको छ । तानसेन नगरपालिका वडा नं २ हुलकमोड आसपासको २ रोपनी जग्गामा रहेको अवैध लागुऔषध गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता कृष्ण राज सापकोटाले बताए । सापकोटाको कमाण्डमा खटिएको टोलीले पत्रकारहरु, नागरिक समाज, बुद्धिजिवी र स्थानियको रोहोबरमा ७ सय गाँजाका बोटहरु नष्ट गरेको छ ।