भारतीयले नेपालमै मासिक ३० हजार आम्दानी, नेपाली कामको खोजीमा खाडीमा !

पाल्पा । नेपाली कामदार पैसा कमाउन लागि विदेश भौतारिरहेका छन् । तर, नेपाली भूमिमा नै प्रशस्त रोजगारी सम्भावना रहेको विदेशीहरुले राम्रोसँग नै देखेका पाइन्छ । नेपाली भूमिमा काम नपाएर विदेश पलायन भइरहेका बेला पाल्पाको रानीमहल क्षेत्रमा भारतीय कामदार मासिक ३० हजार रुपैयाँ बढी श्रम गरेर आम्दानी हाता पार्न सफल बनेका छन् ।

कालीगण्डकी तिरमा बसेर भारतीय नागरिकले गिट्टी कुटेर नै मासिक ३० हजार आम्दानी गर्ने बताउँछन् । रानीमहल क्षेत्रस्थित पाल्पाको तानसेन नगरपालिकाको रानीमहल देखि स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका जोडने पुल निर्माणका लागि गिट्टीको ठूलो मात्रामा आवश्यकता रहेको छ । नेपाली कामदार अभावमा आफुहरु भारतको नौतुवनादेखि ३२ जनाको समुहले रानीमहलमा गिट्टीको बताउँछन् ।

कालीगण्डकी नदीको बगरमा महीनामा आठदेखि दश ट्याक्टरसम्म गिट्टी कुटेर संकलन गर्दै आएका छन् । भारतको नौतुवनाका ३२ जना श्रमिकहरुले कालीगण्डकी नदीको बगरमा दिनभर गिट्टी कुटेर मासिक ३० हजार रुपैयाँ आम्दानी गर्ने कुरा नेपालीका लागि अनौठो लाग्न सक्छन ।

तर, यो सत्य घटना हो । “ श्रम र पसिना बगाउन सकेको अवस्थामा प्रशस्त पैसा कमाउन सफल भइन्छ,” कामदार मोति साहनीले भने । नौतुवनाका ५५ वर्षीय मोति साहनीले महीनामा ८ देखि १० ट्याक्टर गिट्टी कुटेर मासिक तीस हजारको हाराहारीमा आम्दानी गर्ने बताए । आमाबुबा, छोराछोरी र श्रीमति सहितको परिवार छ । अधिकाँश समय नेपालमा श्रम गर्र्र्न विदा तथा चाडपर्वमा घरमा फर्किने काम हुन्छ । “परिवारका लागि काम गर्न परयो, लालनपालन र सन्तालनका लागि शिक्षादिक्षाका पैसा कमाउन पर्ने भो,” सहानीले भने । नेपालमा मजदुरी गर्दै कमाएको पैसा परिवारका लागि पठाउने काम हुन्छ । खाना खर्चबाट बाँकी पैसा पठाउने काम हुन्छ ।

दुःख गरेर कमाएको पैसा अनावश्यक खर्च गर्न मन लाग्दैन, सहानीको भनाई । नेपालका नेपालगञ्ज, कृष्णनगर लगायतका स्थानमा गिट्टी मजदुरी गर्न पटक पटक आएको र यसपालिका पाल्पाको रानीमहलमा समेत काम गर्न आएको छौं । कामसँग रानीमहल क्षेत्रको अवलोकन गर्न पाएकोमा खुसी लागेको साहनीले सुनाए । नौतुवनाका ५० वर्षीय सुकै चौधरीको १४ जनाको परिवारको खर्च जुटाउन नेपालमा श्रममुलक काम गर्छन् । परिवारका लागि आवश्यक खर्चपानी जुटाउनका लागि नेपालमा नै श्रम गर्छन । त्यसका लागि चौधरीले महीनामा आठ देखि ९ टयाक्टरसम्म गिट्टी संकलन गर्छन । सामान्य लेखपढ गर्न जानेका छन् ।

श्रमिकहरुले विहानदेखि साँझसम्म जति सक्दो धेरै गिट्टी कुटेर रास बनाउने काम हुन्छ । जति धैरे गिट्टी संकलन हुन्छ, त्यति नै पैसा हुन्छ । नौतुवनाका ६० वर्षीय घनश्याम क्षेत्रीले ३।४ महीना अघि खेतीपाती र पशुपालन व्यवसाय छाडेर नेपालमा गिट्टी कुट्न आएका छन् । बस्तीबाट हिडेपछि म पनि रानीमहलमा गिट्टी कुटन आएको बताए । बुढेलकाल लागेकाले अरुले जस्तै गरी काम गर्न सकिदैन, मासिक ७।८ ट्याक्टर गिटटी कुटेर बिक्री गर्दै आएको क्षेत्रीको भनाई छ ।

प्रति ट्याक्टर गिट्टीलाई ३ हजारसम्ममा बिक्री हुदैँ आएको छ । ठेकेदारले कालीगण्डकी नदीको बगरबाट गिट्टी खरिद गर्ने गर्छन । नेपाली कामदारहरु भारत लगायत विदेशी भूमिमा काम खोजीमा जान्छन् । कडा श्रम गर्न तयार समेत हुन्छ । तर, नेपाली भूमिका श्रम र पसिना बनाउन सकेको अवस्थामाम विदेशमा भन्दा दोब्बर आम्दानी हुने रानीमहल क्षेत्रमा काम गरिरहेका भारतीय कामदारको भनाई छ ।

तपाईको प्रतिक्रिया