
काठमान्डौं । जिल्ला प्रहरी कार्यालय कैलालीले गहना र नगद सहित पक्राउ गरेका ४ जनालाई शुक्रबार सार्वजनिक गरेको छ । उनिहरूकाे साथबाट दुई सय ७७ ग्राम बराबरका सुनका गहना र नगद रकम प्रहरीले बरामत गरेकाे छ ।
भारत लुधियाना पन्जाबबाट नन्द किशोरको घरबाट गहना र नगद चोरी गरेर फरार कैलालीको गोदावरी नगरपालिकाका योगेन्द्र बिक, गौरिगंगा नगरपालिकाका कुमार भुल, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मानबहादुर कार्की र सोही ठाउँका सन्तोष भट्टराईलाई प्रहरीले पकउ गरी सार्वजनिक गरेको हो । उनिहरु सबैलाई प्रहरीले बिहिबार पकउ गरेको थियो ।
उनीहरूको साथबाट सुनका गरगहनाका साथै १ लाख ४७ हजार ५ सय भारतीय रुपैयाँ, ९२ हजार ५ सय नेपाली रुपैयाँ, १ सय ३० अमेरिकन डलर र हंगेरीको ५ सय नगद रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।