पेस्तोल देखाइ लुट्दै हिड्ने ५ जना पक्राउ

काठमान्डौं । हतियार देखाएर लुटपाट गर्ने गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीको सैनामैनाबाट हतियारसहित ५ जनालाई पक्राउ गरेको हो । उनीहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई चेकजांच गर्ने क्रममा अर्जुन मुसहरको साथबाट घरेलु बनावट पिस्तोल १ र सुरज दर्जीको साथबाट सोही पिस्तोलमा लाग्ने गोली थान १ फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये तीन जना लुटपाटमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

लुटपाटमा संलग्न रहेका उनीहरुले मोटरसाइकलमा सवार ब्यक्तिहरुलाई रोक्ने र पेस्तोल ताक्दै रकम लुट्ने गरेको पाइएको छ । पक्राउ पर्नेहरुमा सैनामैना नगरपालिका ६ बस्ने बर्ष २० को अर्जुन मुसहर, सोही ठाउ बस्ने बर्ष २० को सुरज दर्जी, बर्ष २२ को मनिस परियार रहेका छन ।

लुटेको मध्ये ४० हजार रुपैया बरामद समेत भएको छ । उनीहरुले वयानका क्रममा १२ हजार रुपैयामा पेस्तोल खरिद गरेको जानकारी समेत प्रहरीलाई दिएका छन ।

तपाईको प्रतिक्रिया