
काठमान्डौं । प्रदेश नम्बर पाँच सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि करिब ३६ अर्बको बजेट ल्याउने तयारी गरेको छ । असार १ गते प्रदेशको बजेज प्रस्तुत हुदै छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत समालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
बजेटमा प्रदेशका विभिन्न गौरवका आयोजना अगाडी बढाउने गरी प्रथामिकता दिइने बताइएको छ । यस वर्षको वजेटमा कृषिलाई विशेष प्राथमिकता दिइएको भएपनि अंकमा भने बजेटको धेरै रकम पूर्वाधार विकासमै जाने बताइएको छ । प्रदेश सरकारले करिब १० वटा प्रादेशिक गौरवका आयोजना समावेश गर्दैछ ।
प्रदेश सरकारमा संघीय सरकारबाट समानीकरण वित्तीय अनुदानबाट ७ अर्व ५४ करोड १ लाख बजेट आएको छ । त्यस्तौ राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख बजेट आएको छ । ससर्त अनुदानमा ७ अर्ब ७७ करोड ४ लाख बजेट छ । यो गत वर्ष बिनियोजन भएको बजेटभन्दा ८ अर्व १३ करोड बढी हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा करिव साढे तीन अर्व राजश्व संकलनको लक्ष्य राखेको बताइएको छ । बजेट महाशाखाका अनुसार बजेटमा सरकारका कार्यक्रम कृषिमै बढी केन्द्रित हुने बताइएको छ । त्यस्तै कृषिसगै पर्यटन, उद्योग लाई पनि प्रथामिकतामा राखेर बजेट आउने प्रदेश सरकारले जनाएको छ ।