तिनाउ गाउँपालिकाको बजेट ३८ करोड ९७ लाख

पाल्पा । तिनाउ गाउँपालिकाको पाँचौ गाउँसभाले आर्थिक वर्ष २०७६।०७७ का लागि ३८ करोड ९७ लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले नीति कार्यक्रम तथा बजेट मार्फत आगामी वर्ष कार्यक्रम सावर्जनिक गरेकी हुन ।

कार्यक्रममा जिसस सदस्य ईन्द्रा चिदी, अमर प्रधान, दिल कुमारी रोका, लाल बहादुर थापा, दल बहादुर गुरुङ, चक्र ब्युह थापा लगायतले नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सवै लाग्नुपर्ने धारणा राखेका थिए ।

पाँचौ गाउँसभाको उद्घाटन पाँच नम्वर प्रदेशका साँसद तुलाराम घर्ती बसन्तले गरेका थिए ।

कार्यक्रम ओम बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुको सञ्चालनमा भएको हो ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer