युवा पुस्ता विदेश पलायन, ट्याक्टरले धान रोपाइँ

पाल्पा । असारकाे दाेस्राे साता, मानो रोपेर मुरी फलाउने किसानहरु यतिबेला धान रोपाईमा व्यस्त छन । समयमा पानी नपरेपछि यस वर्ष धान रोपाईमा ढिलाई भएको छ । धान रोपाईमा व्यस्त  किसानले  परम्परागत कृषि प्रणाली हराउदै जादा रोपाइको रौनक नै हराएकाेमा गुनासाे गरेका छन ।

केही वर्ष अघिसम्म वर्षायाम सुरु भएसंगै हलोजुवा, हलगोरु, बाउसे र रोपाहारहरु खेतमा हुदाँ रोपाईको चहलपहल रहेपनि अहिले यो शैली हट्दै गएको छ ।

बढ्दो आधुनिकीकरण र यूवा पुस्ता विदेश पलायन भएपछि खेतमा धान रोपाईका लागि हलोजुवा, हलगोरु र बाउसेको अभाव देखिएको हो ।

जिल्लाको माडी, अर्गली, रामपुर, पुर्वखोला, कचल लगायतका फाँटहरु धानखेतीका लागि उपयुक्त क्षेत्रमा रुपमा लिइन्छ ।

८ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा धानबालीको खेती हुने पहाडी जिल्ला पाल्पामा धान खेतीका लागि प्रचुर सम्भावना रहेको छ । तर, प्रशस्त सिचाइँ सुविधाको अभाव र खेती योग्य जमिनमा आवास निर्माणका लागि प्रयोग हुदाँ क्रमश खेतीयोग्य जमिन साघुँरिदै गएको छ ।

तपाईको प्रतिक्रिया