पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा मन्दिर नजिकै पहिरो खसेपछि एकतर्फी भएको सडक दुईतफी सुचारु भएको छ ।
डिभिजन सडक कार्यालय पाल्पाको र स्थानीयको सहयोगमा जेसिबिले पहिरो पन्छाएपछि बिहान साढे ११ बजेदेखि सडक पूर्ण रुपमा सुचारु भएको प्रहरी चौकी दोभानका प्रहरी नायव निरीक्षक बाल बहादुर घर्तीले जानकारी दिए ।
तिनाउँ गाउँपालिका ३ सिद्धबाबा मन्दिर नजिकै बिहीबार बिहान ८ बजे माटो र ढुंगा सहितको पहिरो खसेको थियो ।



