
पाल्पा । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य विनोद पहाडी पाल्पामा सम्मानित भएका छन् । पत्रकारिताका क्षेत्रबाट दलित समुदायको उत्थानका लागि ठुलो योग्दान रहेकोले सम्मान गरिएको हो । पूर्वराष्ट्रपति डा. रामवरण यादव र नेपाल पत्रकार महासघका अध्यक्ष गाविन्द आचार्यले पाल्पाली ढाकाको पछौरी र सम्मान पत्रले सम्मान गरेका हुन । पाल्पाको भुवनपोखरी जन्मेका पहाडी नेपाल पत्रकार महासघ रुपन्देही शाखाको अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका छन् ।
अहिले दलित पत्रकार सघ, नेपालका अध्यक्ष पहाडी दलित समुदायका समस्यालाई पत्रकारिकता माध्यमबाट बाहिर ल्याउन हस्ती हुन । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासँघका पूर्व केन्द्रीय सदस्य विनोद पहाडी, प्रकाशचन्द परियार, निसा सुनार, रहेका छन् ।
नेपाल पत्रकार महासघ, केन्द्रीय समिति, दलित समितिको आयोजना र नेपाल पत्रकार महासघ पाल्पाको आतिथ्यतामा नेपाल पत्रकार महासंघ दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलनमा सम्मान गरिएको हो । सम्मेलनको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले गरे ।