खेलाडीले चलाउछन् पाल्पा प्रहरी प्रशासन

पाल्पा । तानसेनका केही रैथाने भनादाहरुले पाल्पा प्रहरी प्रशासनका केही व्यक्तिलाई मुठठीमा राखेर बाहिरबाट प्रहरीलाई चलाएको रहस्य बाहिर आएको छ । पाल्पाका प्रहरीसँग राम्रो साँठगाँठ बनाउन माइर छन् ।

त्यस्ता तत्वहरुले वर्षौदेखि प्रहरी प्रशासनमा आफ्नो कब्जा कायम राखी प्रहरीमाथि शासन गरेको रहस्य सार्वजनिक भएको हो । तत्कालिन माओवादीले पाल्पा आक्रमण पछि प्रहरीसँगको सम्वन्ध अझै बलिया बनेको छ । पाल्पा दरबार आक्रमण पछि दरबारका इटा प्रयोग गरी निर्माण गरिएको ब्याटमिन्टन भवन निर्माण गरिएको छ ।

त्यही भवनमा दैनिकजसो प्रहरीसँग ब्याटमिन्टन खेल्न पुग्ने तानसेनका रैथानहरुले प्रहरीसँग मिलोमोतोमा प्रहरी कार्यालय मुद्दाहरु बाहिर नै छिनोफानो गर्ने परम्परा रही आएको छ । त्यसरी प्रहरी र रैथानेसँग राम्रा सम्वन्ध भएका कारण पाल्पाबाट बाहिर सरुवा भएका प्रहरीहरु समेत पाल्पामा पटक पटक फर्केकका छन् ।

पाल्पा प्रहरीमा नेतृत्वलाई थाहा न दिई कतिपय मुद्दाहरु बाहिर छिनोफानो गर्न खपिस भएको देखिन्छ । दश वर्षदेखि जिल्ला प्रहरी कार्यालयमा कब्जा जमाएका कारण निर्दोषहरुले न्याय पाउन सकेको स्थिति छैन ।

पाल्पाका प्रहरीको कमान्ड समाल्न पाएका आएका प्रहरी एसपी दिपेन्द्र जिसीलाई प्रशस्त जानकारी भइसकेको स्रोतले खुल्लासा भएको छ । एपी जिसीले आफुले प्राप्त गरेको जानकारीलाई कसरी अघि बढाउछन्, कारबाही कसरी र कहिले गर्छन, नागरिक हेर्न आतुर रहेका छन् ।

तपाईको प्रतिक्रिया