मिर्मीमा बजार अनुगमन

विष्णु पाण्डेय 

स्याङ्जा । कालिगण्डकी गाउँपालिकाको मिर्मीमा बजार अनुगमन गरेको छ । बजारमा रहेका अखाद्य वस्तु, म्याद गुज्रेका पेय पदार्थ तथा खाद्य पदार्थलाई अनुगमन गरि गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश खनालको संयोजकत्वमा अनुगमन टोलीले नष्ट गरेको छ ।

अनुगमनका क्रममा पसल सञ्चालकले म्याद गुज्रेका विभिन्न खाद्य सामग्री बिक्री वितरण गरेको पाइएको कारण त्यसलाई नष्ट गरी अब त्यस्तो नगर्न पसल सञ्चालकलाई सचेत गराइएको छ । अनुगमन टोलीले आठ वटा पसलबाट म्याद गुज्रेका र अखाद्य वस्तुको बिक्री वितरणमा आएको जानकारी पाएपछि ती सामग्री नष्ट गरिएको हो ।स्थानियको स्वास्थ्यमा असर गर्ने किसिमका सामाग्रीको विक्री वितरण गरेको पाइएमा कारवाहीको दायरामा समेत ल्याइने बताए गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खनालले बताए ।

यस्तै अनुगमन टोलीले गाउपालिकाको ७ नं वडाको मिर्मीका विभिन्न पसलहरुमा भेटिएका त्यस्ता सामानहरुको बरामत र नष्ट गरेको छ ।
टोलीले सुरज मेडिकल हलबाट १० प्रकारका औषधीहरु, कृतिका एण्ड किस्मत किराना पसलबाट विस्कुट जुस र चिप्स,राजेश किराना फलफुल तथा तरकारी पसलबाट पाइनापल जुस,दुर्गा न्यौपाने किराना पसलबाट चिसो,घ्यु र जुस,मिर्मिरे होटलबाट जुस, बर्षा किराना पसलबाट मसला, हरिकृष्ण होटल एण्ड लज बाट सोडा बरामत गरेको हो ।

गाँउपालिकाले बजार अनुगमन निर्देशिका २०७५ जारी गरेर ऐन बमोजिम अनुगमनलाई निरन्तरता दिएको हो । टोलीले गाँउपालिका भरि नै अनुगमन गर्ने बताइएको छ ।

पहिलो चरणमा अनुगमन र सुझाव दिएपनि आगामी दिनमा पुन अखाद्य बस्तु र म्याद नागेका साम्रागी विक्री वितरण भएमा कारबाहीको दायरामा ल्याउने अनुगमन टोलीले जनाएको छ ।

तपाईको प्रतिक्रिया