भौतिक पूर्वाधारमा पाल्पाका स्थानीय तहको बजेटमा प्राथमिकता

पाल्पा । जिल्लाका रैनादेवी छहरा, निस्दी र रिब्दीकोटलगायतका गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट दुबै गाउँसभाबाट पारित गराइ सकेका हुन् । रैनादेवी छहराले केही दिनअघि नीति तथा कार्यक्रम ल्याएको थियो । उसले बजेट अधिवेशनसमेत समेत सम्पन्न गरेको छ । रिब्दीकोटले एकै दिन नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

निस्दीले पनि केही दिन अघि नीति तथा कार्यक्रम पारित गरेर मंगलबार बजेट ल्याएको हो । रैनादेवी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०७६७६÷७७ को वार्षिक नीति तथा कार्यक्रम पाँचौ गाउँ सभाबाट पारित गरेसंगै यो वर्षको बजेट समेत सार्वजनिक गरेको छ । विभिन्न शीर्षक समेटेर आगामी आर्थिक वर्षका लागी ५२ करोड ३९ लाख ७३ हजार बराबरको बजेट गाउँ सभामा सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको बजेटमा चालु तर्फ ४३ करोड ७१ लाख ३६ हजार रुपैया र पुँजीगततर्फ ८ करोड ६८ लाख ३७ हजार रुपैयाँ रहेको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिए । आगामी आर्थिक वर्षमा शिक्षा स्वास्थ्य,कृषि सिचाई, खानेपानी, सडक वन पर्यटन र सााजिक क्षेत्रमा महत्वका साथ बजेट बिनियोजन गरेको गाउँ पालिकाका उपप्रमुख चेत कुमारी थापाले बताइन् ।

रिब्दीकोट गाउँपालिकाको पाँचौ गाउँसभामा आगामी आर्थिक वर्षका लागि ४८ करोड ८२ लाख ५६ हजारको बजेट पारित गरेको छ । रिब्दीकोट गाउँपालिकाका लागि संघीय र प्रदेश सरकारबाट राजश्व बा“डफा“डको ६ करोड ५७ लाख, संघीय सरकारबाट विशेष अनुदान १ करोड ७५लाख, संघीय सरकारको समपूरक अनुदान १ करोड ४० लाख, संघीयकै सशर्त अनुदान १७ करोड ४० लाख, सामाजिक सुरक्षा सशर्त अनुदान ७ करोड रहेको छ । आन्तरिक आम्दानीका रुपमा संविधानको अनुसूचि ८ को एकल अधिकारका क्षेत्रका शीर्षकहरुबाट ४६ लाख ८० हजार, विद्युत् रोयल्टी ५३ लाख १२ हजार, खानी रोयल्टी १६ लाख ५ हजार आम्दानी हुने अध्यक्ष नारायणबहादुर जीसीले बताए ।

माथागढी गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पाँचौ गाउँसभामा प्रस्तुत गरेको छ । गाउ“पालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ४ लाख ९७ हजारको बजेट गाउ“सभामा प्रस्तुत गरेका थिए । जसमा समानीकरण अनुदान ९ करोड ३४ लाख, सर्शत अनुदान १७ करोड एक लाख, राजश्व बाँफाँडबाट ८ करोड ३५ लाख, प्रदेश सरकारबाट राजश्व बा“डफा“डबाट ७४ लाख ७६ हजार, आन्तरिक आय ६५ लाख २० लाख, गत वर्षको मौज्दात दुई करोड पच्चीस लाख रहेको छ ।

निस्दी गाउँपालिका पाल्पाले आर्थिक वर्ष २०७६र०७७ को लागि मंगलबार पाँचौँ गाउँसभामा बजेट पेश गरेको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको बजेट अधिवेशनमा उपाध्यक्ष रिता कुमारी अर्यालले आर्थिक वर्ष २०७६र०७७ को लागि ४३ करोड ९८ लाख ९३ हजार ६ सय ८० रुपैयाँ बराबरको बजेट गाउँसभामा पेश गरेका हुन् ।

बजेटले आगामी आर्थिक वर्षमा निस्दीले शिक्षा क्षेत्रमा व्यापक बजेट विनियोजन गरेको र शिक्षा वर्षको रूपमा मनाउने तयारी गरेको छ । रम्भा, माथागढी, पूर्वखोला, तिनाउ, बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेर गाउँसभा सुरु भएको जनाएका छन् ।

बगनासकाली गाउँपालिकाले पनि अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेश गरेको छ । अनुमानति बजेटसमेत पेश गरेको उसले बजेट भने केही दिन पछि मात्र पेश गर्ने छ । बगनासकालीले फुसको छाना बिस्थापन गर्ने नीति र बालमैत्री गाउँपािलका बनाउने योजना अघि सारेका छ । एक सय ३८ घरमा फुसको छाना हटाई जस्तापाता वितरण गरिसकेको गाउँपालिकाले आर्थिक वर्ष भित्र पुर्णरुपमा फुसरहित छानो बनाउने अभियानलाई मूर्तरुप दिन ३९ लाख रकम विनियोजन गरेको छ ।

त्यस्तै नेपालकै पहिलो बालमैत्री गाउँपालिका बनाउने लक्ष्य अनुरुप अगाडि बढेको गाउँपालिकाले आव ०७६÷०७७ भित्र पूर्णता दिनका लागि एक करोड रकम विनियोजन गरेको निति, कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ । गाउँसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले निति तथा कार्यक्रमहरु पारदर्शी रुपमा कार्यान्वय गर्नु पर्ने बताए । उनले स्थानीय सरकारको विकास नभए सम्म देशको विकास नहुने भएकाले सम्पूर्ण स्थानीय सरकारहरुले आफुले प्रस्तुत गरेका निति तथा कार्यक्रमहरु पारदर्शी र सूचनामैत्री ढङ्गले अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले संघीय र प्रदेश सरकारको महत्व जति छ त्यो भन्दा बढी स्थानीय सरकारहरुको महत्व रहेको बताए ।

गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकाले प्रस्तुत गरेको निति तथा कार्यक्रमहरुको कार्यान्वयका लागि सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले कम स्रोत र साधानका बीच धेरै काम गर्नुपर्ने भएकाले स्थानीय सरकारमा बजेटको अभाव रहेको धारणा व्यक्त गरे । सांसद विकास कोषमा छुट्याउने बजेट प्रति लक्षित गर्दै अध्यक्ष बस्यालले उक्त रकमको सहि सदुपयोग हुन नसकेकाले सोही रकम स्थानीय सरकारलाई दिने हो भने केही हद सम्म भए पनि विकास निर्माणको कामले गति लिने बताए ।

सभामा गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले अगामी आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दैै चालु खर्च २४ करोड ३९ लाख र पुँजीगत खर्च तर्फ १४ करोड ५४ लाख ७ हजार ५ सय ६७ गरी ३८ करोड ९३ लाख ७ हजार ५ सय ६७ बजेट विनियोजन गरिएको जानकारी दिईन् । उनले उज्यालो बगनासकाली अभियान, फुसरहित घर अभियान, ऐन कानुन निर्माण, न्यायिक समिति गठन र सवलीकरण, बालमैत्री स्थानीय शासन अभियान, कृषि विकासका लागि व्यवसायिकरण, आधुनिकिकरण र यान्त्रिकरणको शुरुवात, जनताको स्वास्थ्यमा विशेष चासो र पशुपंक्षी विकास एवं शैक्षिक गुणस्तर अभिवृद्धिका लागि गरिएका प्रयासहरुलाई निरन्तरता दिईने बताईन् । प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले विकास निर्माणका काममा परम्परागत शैली नभई आधुनिक सोच आवश्यक रहेको बताए । रातो पाटीबाट सौजन्य

तपाईको प्रतिक्रिया