अर्घाखाँची । कृष्णनगरबाट सन्धिखर्क आउँदै गरेको जीप सुपा देउरालीमा  दुर्घट्ना भएको छ ।  दुर्घट्नामा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ ।
कपिलवस्तु जिल्लाको कृष्णनगरबाट सन्धिखर्क आउदै गरेको लु १ ज १३२९ नम्बरको जीप दुर्घट्ना भएको हो ।
दुर्घट्नामा  परि ५ जना गम्भिर घाईते भएको र ४ जना सामन्य घाईते रहेका छन् । घाईते सबैको ठाडा प्राथमिकता स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । गम्भीर घाईते घाईतेहरुलाई थप उपचारका लागि बुटवल लगिएकाे छ । मृत्‍यु हुनेको पहिचान हुन सकेको छैन् ।
सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बिचमा जिप पल्टिएर खोलामा पुगेको छ । सड्कबाट ५०० मिटर तल खसेकाे ईलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएकाे छ ।
घटनास्थलमा प्रहरी पुगेको छ तर गाडी खोलामा पुगेकाले उद्दारकार्यमा कठीनाई भएको प्रहरीले बताएको छ । जिप कृष्णनगर यातायातको रहेको बुझीएको छ । जीप एक्कासी ब्याक भएको र पल्टिएर खोलामा पुगेको प्रत्यक्षदर्शी राष्ट्रिय बाणिज्य बैंकका कर्मचारी माधब घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया