दुर्घटना अपडेटः एककाे मृत्यु, १४ घाइते

पाल्पा । बोलेरो जिप दुर्घटना हुदा एकको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन । जिल्लाको रिब्दीकोट गाउँपालिका ३ हर्थोकस्थित हार्थोक सर्देवा भित्रि सडकमा बुटवलबाट सर्देवा तर्फ जादै गरेको लु अ.अ. ब.४१९४ नयाँ भन्सार नम्बरको बलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटना परेकी रैनादवी छहरा नम्बर ५ की ७० वर्षिय हुमादेवी बुढाथोकीको उपचारका क्रममा युनाईटेड मिसल अस्पताल पाल्पामा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक सहित अन्य १४ जनाको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचार भइहेको प्रहरीले जनाएको छ ।

जिप बाटो देखी करिब ३० मिटर तल खसेको थियो । पानी परेको र सडक चिफ्लो भएको हुदाँ दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घाईतेहरू:

पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नं २ बस्ने बर्ष २६ को नारायण बहादुर बस्नेत, पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २८ कि जुना थापा मगर, रैनादेवि छहरा १ बस्ने बर्ष २२ का खड्क बहादुर रेश्मी चालक सोही ठेगानाका ६४ वर्षिय टिका बहादुर थापा, ५४वर्षिय मनकुमारी थापा, ४ वर्षिय बर्षा कुमारी पुन र २९ वर्षिय कमला सिहं मगरको अबस्था मध्यम रहेकाे छ भने, रैनादेवि छहरा १ कै २६वर्षिय मिना पुन, ४ वर्षिय रक्षा पुन, ३५ वर्षिय थमन सिहं मगर, २४ वर्षिय नेत्र बहादुर दर्लामी, रैनादेवि छहरा ६ का २८ वर्षिय योग नारायण पुन,२ वर्षिय रन्जित पुन र१९ वर्षिय राजन दर्लामीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया