आजको मौसम कहाँ कहाँ पर्दैछ त पानी ?

काठमान्डौं । आज बुधबार उपत्यकासहित देशभरका अधिकांश क्षेत्रको मौसम बदली तथा वर्षाको अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युन चापीय रेखा नेपाल तिर सरेकाले मनसुनी गतिविधि बढेको हो ।

दिनभरजसो मध्यम खालको भारी वर्षा हुनेछ । देशको पश्चिमी क्षेत्रमा भने भारी वर्षा हुने सम्भावना रहेकाले सचेत हुन पर्ने देखिएको छ । विशेषगरी पश्चिम तराई भेगमा भारी वर्षाको सम्भावना र लगातार पानी पर्ने भएकाले विशेषगरी नदी किनार, तटीय क्षेत्र, खहरे खोला आसपास र पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

पूर्व, मध्ये र सुदुरपश्चिम क्षेत्रमा दिनभर मध्यम वर्षा हुनेछ भने पश्चिम र मध्य पश्चिममा ठूलो वर्षा हुनेछ । बर्खे झरी पर्न सुरु भएकाले विशेषगरी रातिको समयमा पानी बेसी पर्ने माहाशाखाले जनाएको छ । केही दिन लगातार पानी पर्ने सम्भावना छ ।

रोपाइँ गर्न नपाएका किसानका लागि अब रोपाइँ गर्न मिल्ने गरी पानी पर्ने मौसमविदको भनाई छ । पानी पर्ने क्रम जारी रहने भएकाले अबको केही दिनमा देशका मुख्य नदी क्षेत्रमा पनि सचेत हुनु पर्ने मौसमविदले बताएका छन् ।

तपाईको प्रतिक्रिया