प्रहरी र विप्लव भीडन्तमा, दुईको मृत्यु

काठमाडौं : भोजपुरकाे सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिए। उनले भने, ‘भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरीतर्फ एक जवानको मृत्यु भएको छ, मुसलधारे पानी परेकाले घटनास्थलमा जान सक्ने अवस्था छैन।’  बुधबारे हटियामा भिडन्त भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए। अहिले दुवैजनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer