पाल्पा । खाद्य स्वच्छताको आधारमा तानसेनका होटल तथा रेष्टुरेन्ट स्तरीकरण गरिएको छ । प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय खाद्य स्वच्छता समुह, पाल्पाले तानसेनका होटलमा लोगो समेत वितरण गरिएको हो । तानसेनका २६ होटल मध्यमा उत्तम चार, सन्तोजनक ९, सामान्य ६ मा होटल स्तरीकरण गरिएको हो ।
उत्तममा निलो कार्डमा दुई ओटा तारा, सन्तोजनकमा निलो कार्डमा एउटा तारा, सामान्य पहिलो लोगो होटलमा टाँसिएको हो । तानसेनका १९ ओटा होटल मात्र स्तरीकरण गरिएको प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताए ।
तानसेनका सात खाद्य स्वच्छताको मापदण्ड बाहिर रहेको भेटिएको छ । पाल्पाका अधिकाँश होटलहरुको स्वच्छताका आधारमा निकै कमजोर रहेको देखिएको हो । स्तरीकरण परेका होटललाई लोगो र प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले प्रमाण पत्र प्रदान गरेको श्रेष्ठले बताए ।
तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी देवी पाठकले असल होटल व्यवसायीहरुले ताजा र गुणस्तरीय खाजा नास्ता खुवाउनुपर्ने बताए । तानसेनका होटल व्यवसाय अझै राम्रो बनाउन आवश्यक रहेको उपप्रमुख पाठकले बताए ।
तानसेन पर्यटकीय क्षेत्र रहेको होटल व्यवसायको राम्रो सम्भावना रहेकोले होटलहरुलाई व्यवस्थित बनाउन तानसेन नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाइन । तानसेनका होटल व्यवसायी जीवलाल सुवेदीले होटलहरुलाई व्यवस्थित गरी बढाउने बताए ।
प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका नेतृत्वमा तानसेनका होटलहरुमा पटक पटक अनुगमन गरिएको थियो । सोही अनुगमनका आधारमा तानसेनका होटलहरु स्तरीकरण गरिएको हो ।
स्थानीय खाद्य स्वच्छता समुहका सदस्य दुर्गा थापाले होटलहरुले गुणस्तर सुधार गर गर्ने होटल व्यवसायील प्रतिवद्धता जनाएको बताए ।