६ बजेदेखि अबरुद्ध सिद्धबाबा सडक सुचारु, यात्रा गर्दा ध्यान दिनुहोस्

पाल्पा । सिदार्थ राजमार्ज अन्तरगत पाल्पा बुटवल खण्डको सिद्धबाबा नजिकै पहिरो खसेर अवरुद्ध भएको सडक सुचारु भएको छ ।

विगत ३ दिनदेखि परेको अभिरल वर्षाका कारण पहिरो खस्दा बिहिबार बेलुका ६ बजेदखि सडक अवरुद्ध भएको सडक राती ८ बजेदेखि सुचारु भएको प्रहरी चौकी दोभानका प्रमुख बाल बहादुर घर्तीमगरले जानकारी दिए ।

पहिरो खसेसंगै अबरुद्ध भएकोे सडक डोजरको सहायताले पहिरो पन्छाइ सुचारु गरिएको हो । वर्षा लागेसंगै वर्षेनी सिद्धबाबा सडकमा पहिरोको जोखिम हुने हुदाँ प्रहरीलाई सम्पर्क गरेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया