
पाल्पा । पाल्पा बौघागुम्वाका मेघराज घिमिरेको व्यक्तिगत लगानीमा पाल्पाको तानसेनको चण्डीभञ्याङ्गमा आँखा शिविर सम्पन्न भएको छ ।
शिविरबाट १५१ जना व्यक्तिले आँखाको निःशूल्क आखा परीक्षण गरिएको हो । शिविरमा मोतिविन्दुका १० विरामी भेटिएका छन् । मोतिविन्दुका विरामीलाई नेत्रज्योति संघ, लाकौल आँखा अस्पताल तानसेनमा रिफर गरिएको छ ।
३० जनालाई चश्मा वितरण गरिरएको छ । आँखाका पाकेको, एलर्जी आँसु आउनेहरु परीक्षण पछि औषधि वितरण गरिएको हो । तानसेन १२ की वडा सदस्य पविसरा विश्वकर्माले मसिना अक्षर देख्न समस्या हुने गरेको थियो । आँखा शिविरमा परक्षिण पछि नयाँ चश्मा लगाएपछि मसिना अक्षर सहज रुपमा पढ्नुभयो ।
स्वर्गीय बुवा थानेश्वर घिमिरे र आमा उमादेवी घिमिरेको सम्झनामा काइला छोरा मेघराज घिमिरेले स्मृति तथा आँखा शिविरको आयोजना गर्नुभएको हो । घिमिरेका बुबा थानेश्वर घिमिरेको दाया आँखा कमजोर रहेको थियो ।
“बुबाको आँखाका कारण समस्या भोग्नुपरयो, जतिबेला आँखाको उपचारका लागि नजिकमा अस्पताल थिएन”, उहाँले, भन्नुभयो–“बुबाको जस्तो आँखाको समस्या भोग्न नपरोस् भनी आँखा शिविर सञ्चालन गरिएको हो ।” मेघराज घिमिरेको ५० हजार लगानीमा शिवर सञ्चालन गरिएको हो ।
आँखाको उपचारका लागि तानसेनको बौघागुम्वा, बौघापोखराथोक, तानसेन आसपासका क्षेत्रका विरामीले उपचार गरी फर्केका छन् । घिमिरे हाल रुपन्देही उपमहानगरपालिकाको देवीनगरमा बसोबाँस गर्दै आउनुभएको छ ।
नेत्रज्योति संघ, लाकौल आँखा अस्पताल तानसेनमाका प्राविधिक बजीर रायमाझी,मीन बहादुर कार्की र शम्भु आचार्यको टोली आँखाको परीक्षण खटेका थिए ।