निरन्तरको वर्षापछि पाल्पाको सिद्धेश्वरमा झाडापखाला सिंगो गाउँ प्रभावित

पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउपालिका १ सिद्धेश्वरमा झाडापखालाबाट एकै गाउँका ५५ जना भन्दा बढी बिरामी परेका छन ।

विगत केहिदिनदेखि निरन्तर वर्षा भएपछि गाउँमा रहेका पानी दुषित भएको हुदाँ झाडापखला लागेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख जिवन रानाले जानकारी दिए ।

झाडा पखालाले महामारीको रुप लिन थालेपछि जिल्ला अस्पताल पाल्पाबाट डाक्टर सहितको टोलीले प्रभावित क्षेत्रमा पुगेर अस्थायी क्याम मार्फत प्राथमिक उपचार गरिरहेको छ ।

बिहिबारबाट सुरु भएको झाडापखालका कारण ४ जनाको अबस्था गम्भिर रहेको हुदाँ तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेको जनस्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया