पाल्पा । जिल्लाको स्वास्थ्य क्षेत्रमा विगत १६ वर्षदेखि ख्याती कमाउदै आएको लुम्बिनी मेडिकल कजेल प्रभास पाल्पाबाट शुक्रबार दिउसो नवजात शिशु हराएका छन ।
आमाको कोखबाट जन्मेको ४ घण्टा नवित्दै उनी हराएको समाचारहरूमा उल्ललेख गरिएको छ । तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाको नवजात शिशु हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।
नवजात शिशुलाई कस्ले कहाँ लग्यो भन्नेबारे अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।