
पाल्पा । ईलाका प्रहरी कार्यालय मुझुङले रिब्दीकोट गाउँपालिकाको बतासेमा सवारी दूर्घटना सम्वन्धि सचेतामुलक सन्देश प्रदान गरेको छ ।
यातायातका साधन सञ्चालक, यात्रु, चालक, सहचालाक र स्थानीयबासिन्दालाई प्रहरीले दुर्घटना सुरक्षा सम्वन्धि सचेत बनाएको हो । प्रायः सडक दुर्घटनाका चालक, गाडी र सडकका कारण हुने गरेको छ ।
चालक सचेत बनेमा दुर्घटना कमी ल्याउन सकिने छ । पाल्पा रिब्दीकोट गाउँपालिका ७ बतासेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय मुझुङ, पाल्पाबाट प्रनानि गोपाल पुनको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो ।