
काडमान्डौं । पाल्पा क्षेत्र नम्वर दुईबाट निर्वाचित संघिय सासंद तथा पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेयले विप्लव समुहसंगको वार्ताले औपचारिकता पाउन नसकेको बताएका छन । राजनीतिक वार्ता टोलीका पूर्व संयोजक समेत रहेका पाण्डेले नेत्र विक्रम चन्द विप्लव समूहसँग विभिन्न चरणमा वार्ता भएपनि त्यसले औपचारिकता पाउन नसकेको बताएका हुन ।
रिपोर्टर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले आफूलाई दिएको जिम्मेवारी निभाएको बताए । आफू वार्ता टोलीको संयोजक भएर काम गर्दा धेरै हतियार सरकारलाई बुझाउने काम समेत भएको उनले बताए ।
उनले आफुले सरकारले तोकेको समय सकिएकाले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता र छलफल भएपनि तेस्लाई औपचारिता प्राप्त गर्न नसकेको बताएका हुन् । सरकारले पाण्डेको संयोजकत्वमा २०७५ साल भदौ ८ गते उच्चस्तरीय राजनीतिक वार्ता टोली गठन गरेको थियो ।
साभारः समाचार दैनिक।