बराल बर्दियातिर, केसी पाल्पा अदालतमा

पाल्पा ।पाल्पा जिल्ला अदालतको न्यायधिशका रुपमा खडक बहादुर केसी जिम्मेबारी जुरेको छ ।

केसी नवलपरासी अदालतमा न्यायधिशका रुपमा कार्यरत थिए । न्याय परिषदको विहीबार बसेको बैठकले नवलपरासीका न्यायधिक पाल्पा आउने अवसर जुरेको हो ।

पाल्पा जिल्ला अदालतका न्यायधिश शंकर बराल बर्दियाको जिल्ला न्यायधिश जिम्मेवारी बहन गर्ने अबसर जुरेको हो । न्याय परिषदले २४० न्यायधिशको सरुवा गरेपछि न्याय क्षेत्रमा ठुलो हलचल पैदा भएको हो ।

न्याय क्षेत्रमा घुसकाण्ड बढेको, न्याय पाउने वर्ग अन्यायमा रहीरहेको आरोप न्याय क्षेत्रमा छ । बैठकले जिल्ला, उच्च अदालत र विशेष अदालतमा समेत नेतृत्व हेरफेर गरी न्याय क्षेत्रको कामलाई प्रभावकारी बनाउने संकेत देखिएको हो ।

तपाईको प्रतिक्रिया