लायन्स क्लब अफ श्रीनगरको आन्तरिक पदस्थापना

पाल्पा । लायन्स क्लब अफ श्रीनगरको आन्तरिक पदस्थापना कार्यक्रम होटेल ताजमा सम्पन्न भएको छ । सन २०१९ र २०२० को लागि नारायण कार्कीको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिति चयन भएको छ ।

जसको प्रथम उपाध्यक्षमा तारा कुवर, दितिय उपाध्यक्षमा यादब सिंह कार्की तृतीय उपाध्यक्षमा अशेस भट्टराईलार्इ चयन गरेको छ।कार्यक्रममा प्रमुख अतिथि डिस्तृक्त एड्भाइजर राजेन्द्र लिगलले नव निर्वाचित पधाधिकारीलार्इ बधाई तथा सुभकामना दिनु भयो।

साथै वहाले नयाँ गभर्नर अनुप पाहारीले मानबताको लागि सेवा गरौ भन्ने मुल नाराका साथ यो बर्ष को कार्यक्रम गर्न आग्रह गर्नु भयो । साथै श्रीनगर लायन्स क्लबले पाल्पाको दुरदराजमा समेत पुगि सेवा गर्नु भएको सामाजिक सेवाको प्रसम्सा गर्दै आफ्नो तर्फबाट पुर्न सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा एओजिहरु भेषराज सुबेदी कृष्ण कार्की रिजन चियर पर्सन खेम बहादुर सारु लागायतले लायन्सं क्लबको बारेमा चर्चा गर्नु भयो।निर्वाचन संयोजक पुर्ब अध्यक्ष भरत न्यौपाने रहनु भएको थियो। कार्यक्रममा उपाध्यक्ष यादब कार्कीको स्वागत सचिव अषेस भट्टराई को सन्चालन र क्लब का अध्यक्ष झमन बहादुर राज मगर र नारायण कार्कीको अध्यक्षतामा भएको थियोे ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer