देशभरको मौसम कहाँ हुदैछ वर्षा हेर्नुहोस्

काठमाडौं । मंगलबार मनसुन न्यून चापिय रेखा नेपालको दक्षिण भु भागतिर रहेको हुदा अधिकांश क्षेत्रमा वर्षातको सम्भावना रहेको छ ।
न्युन चापिय रेखा दक्षिणतिर अवस्थित रहेको हुदाँ साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवायु युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

काठमाडौ उपत्यकामा दिउसो मौसम बदलि रहनुका साथै केही स्थानमा मध्येम वर्षाको सम्भावना छ । पूर्वी क्षेत्रको ताप्लेजुङ, खोटाङ, पाँचथरमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै मध्ये क्षेत्रको रसुवाको माथिल्लो भेग, सिन्धुपाल्चोक, दोलखाका माथिल्लो भूभागमा भारी वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ । पश्चिमका केही क्षेत्रमा आज दिउँसोदेखि वर्षा हुने सम्भावना छ ।

पोखरा, लम्जुङ, गोर्खा, मुस्ताङ, म्याग्दी लगायतका क्षेत्रमा मध्येम वर्षाको सम्भावना छ । सुदुरपश्चिमको केही पहाडी क्षेत्रमा हल्का वर्षा हुनेछ भने तराई क्षेत्रमा भने मध्यम वर्षाको सम्भावना छ ।

तपाईको प्रतिक्रिया