व्यवसायिक बन्दै आरन पेशा

पाल्पा-तिनाउ गाउँपालिका २ खुर्सानीका लक्ष्मण विश्वकर्माले घुम्ती कोषबाट ऋण लिनुभयो । सो ऋणबाट विश्वकर्माले आरन पेशा सञ्चालन गर्नुभयो । स्थानीय सरकारले आरन पेशालाई व्यवसायिक बनाउन आरनका सामाग्री हस्तान्रण गरेपछि कामप्रति थप प्रोत्साहन जुटेको छ । व्यवसायिक आरन पेशा अगालेपछि जीवीकोपार्जनमा गर्न सहज भएको छ । व्यवसायिक आरन पेशा अगालेपछि परम्परागत बालीघरे प्रथा हटेको गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो । व्यवसायिक आरन पेशा सञ्चालनपछि स्थानीयबासिन्दा कृषि औजार सामाग्री उत्पादन गर्न सजिलो भएको श्रेष्ठको भनाई छ ।

तपाईको प्रतिक्रिया