गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु २ बेपता २ घाइते, सन्दीप बिक जिबितै

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो ।

सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ । मृतक मध्ये ६ जनाको सव बाहिर निकालिएको छ । अरु २ जनाको सव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ वर्षिय पम्फा बिक, १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । यसअघि ९ जना भनिएकोमा १ जना बालक सन्दीप बिक मावली घरमा गएकाले जिबितै रहेका छन् ।
त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षिय दर्शन त्रामु मृत्यु भएको हो ।
उनिहरु आमा छोरा हुन् ।

साथै सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक कुरह गाउँका ६३ वषर्ीय दुर्गाबहादुर सिंजालीको घर पहिरोले बगाएर ज्यान जोगाउने क्रममा हृदयघात हुँदा मृत्यु भएको छ । माथिबाट आएको पहिरोले घरलाई भत्काएपछि दौडिदा उनी लडेका थिए ।

वडाध्यक्ष रुकबहादुर रानाका अनुसार तत्काल हृदयघात भई मृत्यु सिंजालीको मृत्यु भएको छ ।

यसैबीच, पहिरोले पुरिएर मृत्यु भएका सबैको मंगलबार बेलुकी पोष्टमार्टम गरिएको छ । सबैको शव नजिकको स्वास्थ्यचौकीमा संकलन गरेर सोही स्थानमा डाक्टरको व्यवस्था गरी पोष्टमार्ट गरिएको हो ।

 

सोहि वडामा रुद्र बिकको घर बगाएको पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । गएराती देखि परेको अविरल वर्षाका कारण घरमाथीबाट पहिरो जाँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।

उद्धारको लागि जिल्लाका तिन वटै सुरक्षा निकायका प्रमुखहरु प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

पहिरोबाट क्षेती पुगेको क्षेत्रमा थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए । ठूलो पहिरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ । पहिरोले लिम्घासमा ४ घर जोखिममा रहेका छन् । उनिहरुलाई स्थानिय बिद्यालयमा राखिएको छ । घटना स्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्व तर्फ पर्दछ । घटना स्थल पुग्न करिब ३ घण्टा वढि समय लग्छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेप्रति परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीद्धारा दुख ब्यक्त गरेका छन् । जिल्लाको सत्यवक्ति गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुट्न ज्ञवालीले आग्रह गरे ।

ज्ञावलीले उद्धार राहतको लागि कुनैपनि कशुरबाँकी नराखी जुटन आग्रह गरे । गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवालीको निर्वाचन क्षेत्र हो ।

तपाईको प्रतिक्रिया