मृत्युको मुखबाट बाचेकी महिला नर्मदा ज्ञवाली

पाल्पा । पाल्पामा मृत्युको अन्तिम अवस्थामा पुगेर एक महिलालाई पुनः उपचार सुरु भएको छ । जिल्लाको रैनादेवी छहरा–१, शिद्देश्वरकी ३७ वर्षीय नर्मदा ज्ञवालीलाई मृत्युको अन्तिम अबस्थामा पाल्पा र गुल्मीको सीमा रुरुक्षेत्रको रिडीघाटबाट फर्काएर लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार गरिएको हो ।   
ज्ञवालीलाई असारको अनितम साता झाडापखाला लागेपछि १० दिन युनाइटेड मिसन अस्पतालमा उपचार गरी घर लग्ने क्रममा कालीगण्डकी नदीमा अर्धजल दिन लगेको उनका श्रीमान सूर्य ज्ञवालीले बताए । उनले अस्पतालमा उपचार हुन नसक्ने भन्ने आश्वासन अस्पतालबाट आएको हुदाँ रिडी हुदै घर लैजान लागेको बताए । 
मिसन अस्पतालले डायलाइसीस गर्नका लागी समस्या औजारहरु नभएको बताएपछि श्रीमतीलाई घर लैजान लागेको उनले बताए । धार्मीक परम्परा अनुसार उनलाई रिडीमा लगेर अर्धजल गरेको उनले बताए । नर्मदाका गाउँका छिमेकीहरुले भने आर्थिक अभावका कारण उपचार गर्न नसक्ने भएर अस्पतालबाट घर फर्काइएको बताए । 
उनको उपचारको क्रममा सुरुदेखि नै संगै रहेका स्थानीय ठानेश्वर कडेलले भने आफूहरुले पहल गेरर उपचार गरेको बताए । उनले मिसन अस्पतालमा उपचार नभएपछि घर लगिएको बताए । घर लैजाने क्रममा परम्परा अनुसारको सस्कारलाई अंगालेर रिडीमा लगेर खुट्टामा पानी भिजाउने अर्धजल दिने क्रममा नदि बढेको र माथिको पौवामा राखेर हात मुख धोईदिदा बिरामीको आखा खुलेको बताए । 
युनाईटेड मिसन अस्पतालको चिकित्सकको सल्लाहा बमोजिम बिरामीलाई लगाईएको अक्सिजन खोलेको ३० देखि ४५ मिनेटमा उनको मृत्यु हुने भएपनि रिडीको नदीकोमा करिब १ घण्टा बिना अक्सिजन राख्दा पनि नर्मदाको मृत्यु नभएर आखा खोल्दा आफूहरु अच्चम परेको स्थानीय कृष्ण पन्तले बताए । नर्मदाको स्वास्थय अवस्था अन्तिम चरणमा पुगेको छ भनेर फोन मार्फत कुरा आएपछि गाउँबाट २५।३० जना गाउँलेहरु मलामीका लागी रिडीघाटसम्म समेत आएको पन्तले बताए । 
उनले आखा खोलेपछि रिडीको स्वास्थ्य प्राथमिक केन्द्रमा उनलाई प्राथमिक उपचार पश्चात सो स्वास्थ्य केनद्रका चिकित्सकको सल्लाह अनुरुप पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा ल्याईएको उनीहरुको भनाइ छ । अहिलेको अवस्थाः उनको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुदै आएको उपचारमा संलग्न डाक्टरको भनाई छ । सोमबार बेलुकी ज्ञवालीलाई उपचारका लागि मेडिकल कलेज प्रवास पाल्पामा ल्याईएको र अहिले उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको उपचारमा संलग्न चिकित्सक डाक्टर सर्वेसराज शर्माले बताए । उनले बिरामीको देब्रे फोक्सोमा निमोनिया देखिएको हुदाँ बिरामीको मृगौलामा बढी असर देखिएको छ भएपनि रक्तचापमा सुधार आएको जानकारी दिए । उनलाई अहिले मृगौलाको डायलाइसीसकोे काम भइरहेको छ । 
अस्पतालका सूचना अधिकारी कृष्ण पराजुलीले अस्पतालले सबै शक्ति प्रयोग गरेर उपचार गरिएको बताए । मानिसको पहिलो अधिकार भनेको उनले बाच्न पाउने अधिकार भएको हुदाँ उनलाई बचाउनका लागी मेडिकल कलेज लागि परेको पराजुलीले बताए । मानव अधिकारकर्मीबाट ध्यानाकर्षणः आर्थिक अभावका कारण भएको यस घटनालाई मृत्युमा परिणत गर्नु हुदैन भन्ने विषयलाई लिएर राष्टिय मानव अधिकार सरोकार केन्द्र पाल्पाले प्रमुख जिल्ला अधिकारी मार्फत धयानाकर्षण गराएको छ । 
केन्द्रका पाल्पा अध्यक्ष दिवाकर पाण्डेयले कुनैपनि मानिसले बाच्न पाउने हकको राजयबाट सुनिश्चता हुनुपर्ने ध्यानर्षण पत्रमा उल्लेख गरेका छन । प्रमुख जिल्ला अधिकारी दिपेन्द्रकुमार यादवले पनि घटनाको सत्यतथ्य अनुसन्धान गरि गैरकानुनी काम गर्नेका लागी कानुनको दायरामा लयाने बताए । मिसन अस्पतालमा के भएको थियो ? २०७६ असार २५ गते शिद्देश्वरको गाउँमा फैलिएको झाडापखालाका कारण गम्भीर बिरामी भएकी ज्ञवालीको १० दिनदेखि तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको थियो । 
उपचारको क्रममा निको नभएपछि मिसन अस्पतालका चिकित्सकले डायलाशिस गर्नुपर्ने भन्ने सल्लाह बिरामीका आफन्तलाई दिएको थियो । तर बिरामीका आफन्तले बिरामीलाइ अनयत्रै उपचार गर्ने कुरा गरेर डिस्चार्ज मागेपछि मिसन अस्पतालले उनलाई डिस्चार्ज दिएको जनाएको छ । साथै मिसन अस्पतलले ज्ञवालीको उपचारको क्रममा लागेको कुनै रकम पनि अस्पतालले नलिएको समेत एक विज्ञप्ती जारी गदै जानकारी गराएको छ । 
उनको उपचारका लागी रैनादेवि छहरा गाउापालीकाले सक्दो सहयोग गर्ने गाउँपालिक अध्यक्ष राम बहादुर कार्कीले बताए । उनको स्वास्थ्य अवस्था क्रमिक रुपमा सुधार हुदै आएको छ । नर्मदाका तिन सन्तान रहेका छन । शिद्देश्वरमा नर्मदा संगै उनका १ छोरा र एक छोरी समेत बस्दै आएका थिए । उनका रहेका जेठा छोरा भने अध्ययनका लागी टाढा रहेको स्थानीयको भनाई छ ।

तपाईको प्रतिक्रिया