काठमान्डौं । आज देशको पूर्वी भेगमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । यस्तै देशको मध्ये क्षेत्रमा मध्यम वर्षा हुने माहाशाखाले जनाएको छ ।

पूर्वको ताप्लेजुङ, इलाम, पाँचथर, झापा, तेह्रथुम लगायतका जिल्लामा भारी वर्षाको सम्भावना छ । मध्ये क्षेत्रमा र पश्चिम क्षेत्रमा भने मध्यम वर्षा हुनेछ । काठमाडौ उपत्यकामा अपरान्हपछि वर्षा हुन सक्नेछ ।

पश्चिम तराई र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अगराति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने देखिएको छ । आजदेखि मनसुनी गतिविधि सक्रिय हुने क्रम बिस्तारै कम हुँदै जान थालेको छ ।

मनसुन कमजोर बन्दै जादाँ पानी पर्ने क्रममा भने केही कमी हुने जल तथा मौसमपूर्वानुमान महाखाशाले जनाएको छ । मनसुन क्रमशःनेपालको तराई भू–भाग भन्दा अझ दक्षिण तिर सर्ने देखिन्छ जसका कारणले मनसुनी गतिविधि कम सक्रिय हुदै जाने देखिएको हो ।

मनसुन कमजोर बन्दै जान थालेको मौसमविद्हरूले जनाएका छन् । हाल देशभर सामान्यतया बदली भई देशका पूर्व र पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ ।

तपाईको प्रतिक्रिया