दुरि र प्रेम

 – गंगा भट्टराई पाल्पा 

जब घामले म बसिरहेको भुभाग छोडेर अर्को तिर गइदिन्छ
तब मनले म बसिरहेको ठाउँ छोडेर अर्को तिर गइदिन्छ

उनी टाढा छ्न जहाँ म भर्खरै जान सक्दिन
उनी टाढा छन जहाँ मसंग उनको उपस्थिति चाहान सक्दिन
तर यति लामो दुरिको वाब्जुद पनि हामी एकअर्कालाई औधि माया गर्छौ
जसरी घामले छायालाइ खुसी साथ अङ्गाल्ने गर्छ
जसरी किनारले नदिको बेगलाई सम्हाल्ने गर्छ ।

मेरो मुस्कानमा कहि न कहि कतै न कतै उनको खुसी झल्किरहेको हुन्छ
मेरा आखाहरुमा उनी प्रतिको प्रगाढ प्रेम छल्किरहेको हुन्छ
कहिलेकाही सोच्दा लाग्छ उनी जिवनको महत्त्वपूर्ण हिस्सा बनेका छन
त्यसैले त साथिहरु संगको हरेक वार्तालापमा उनी मैले बोल्ने पहिलो किस्सा बनेका छन ।

उनको बयान गर्न जान्दिन साच्चै भनौ त उनको बयान गर्न मलाइ कत्ती पनि आउदैन
उनि रिसाउनमा खुबै पोख्त छ्न उस्तै माया गर्न पनि,
उनले गर्ने मायाले भर्खरै चुर भएर उठेको रिसलाइ म भन्दा कयौ पर समुन्द्र पारी लगेर फ्याकिदिन्छ र मनमा उनी प्रतिको अपार प्रेम राखिदिन्छ ।

मुस्कानमा उनी भए जस्तै मौनतामा पनि उनी छाइरहेका हुन्छन
मैले देख्ने हरेक सपना, बिपना र ती सम्झनाहरुमा उनी सबै भन्दा अघि लागेर आइरहेका हुन्छन
अब चाहान्न म यो दुरि, उनको मनमा मात्र होइन जिवनमा पनि राज गर्न चाहन्छु म भित्रबाटको म कराइरहेका हुन्छन ।।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer