रैनादेवी छहरा गाउँपालिकाले दुध, तरकारी र खसीबोक्रामा अनुदानको व्यवस्था

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले दुधमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा, तरकारीमा प्रतिकिलो १ रुपैयाँ ५० पैसा र खसीबोक्रामा प्रतिकिलो २० रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ । खसीबोकामा जिउदो कारोबारमा मात्र अनुदानको व्यवस्था ल्याएको हो ।

जिल्लाको पश्चिम क्षेत्रमा रहेको रैनादेवी छहरा गाउँपालिकाले शुक्रबार कार्यापालिका बैठकले दुध, तरकारी र मासुमा अनुदान प्रदान गर्ने निर्णय गरेको थियो । सहकारी, संघसंस्था मार्फत कारोबार गर्नेहरुलाई मात्र अनुदान प्रदान गर्नेछ ।

गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्नका उद्देश्यका साथ ८० किसानलाई भकारो सुधार कार्यक्रममा प्रतिभकारो सुधारका लागि सात हजार अनुदान प्रदान गरिने भएको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताए । गाउँपालिकाले किसानलाई मिल्कएनलाइजर, मीनि टेर्लर, मिल्क क्यान लगायतमा अनुदानमा वितरण गर्न लागेको हो ।

गाउँपालिकाले भदौ १० गतेका तीज गीत प्रतियोगिता सम्पन्न गर्ने र भदौ मसान्तसम्म उपभोक्ता समिति गठन कार्य पुरा गर्ने गाउँपालिका प्रवक्ता पोखरेलको दावी छ ।

तपाईको प्रतिक्रिया