पाल्पा ।तानसेन युवा परिषदले २० औं अन्तराष्ट्रियय युवा दिवसको अवसरमा ४ जना उद्यमीलाई सम्मान गरेको छ । तानसेन नगरपालिका भित्र रहेर उद्यमशिलता गर्ने ४ जना सफल उद्यमलिाई हौसलाका प्रदान गर्नका लागि सम्मान गरिएको हो ।

सम्मानित हुनेमा तानसेन वडा न. ८ का दुर्गा बहादुर खाण ठकुरी, तानसेन १२ का रुकबिर रेश्मी, तानसेन ९ का बिष्णु प्रसाद भण्डारी र तानसेन ५ का पुजन कार्की रहेका छन । उद्यमीलाई सम्मान गर्दै तानसेन नगरपालिका मेयर अशोक कुमार शाहीले हरेक व्यवस्था परिवर्तनमा निर्णायक भुमिका निर्वाह गरेका युवाले अव आर्थिक क्रान्तिका लागी उद्यमशिल हुनु पर्ने बताए । उनmले सरकारले लिएको लक्ष्य अनुरुप समृद्ध नेपाल र सुखी नेपाली निमार्णको लागी युवा उद्यमशिल हुनुपर्ने र त्यसको लागी तानसेन नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।

उद्यमी युवाको सफलता र सरोकारवालाको अन्तक्रियाले नयाँ उद्यमी बन्ने प्रेरणा मिलोस् भनेर उद्यमी सम्मान गरेको तानसेन युवा परिषदका अध्यक्ष गुरास आत्रेयले बताए । कार्यक्रममा ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पाका कार्यकारी निर्देशक लिला कार्कीले तानसेन नगरपालिकाका युवाको लागी प्रदान गरिने स्वरोगार उद्यमशिलता सहुलियत ऋणको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा दायित्व नेपालका डा पुकार मल्लले देशमा स्थायित्व भएकाले अब युवा उद्यमी बन्नुपर्ने धारण व्यक्त गरे । तानसेन युवा परिषदको आयोजनामा भएको कार्यक्रममा उद्यमी विष्णु प्रसाद भण्डारी र दुर्गा बहादुर खाण ठकुरीले आफुहरुले व्यवसाय शुरु गर्दा अप्ठेरो अवस्था भएको भन्दै अहिले धेरै कुरा सहज भएकाले स्वरोजगारमा लाग्न युवाहरुलाई आग्रह गरे ।

उनिहरुले आफूहरुले धेरै मेहनत गरेर अहिले सम्मान पाउदा खुसि लागेको बताउदै स्वदेसमै व्यावसाय गर्नका लागि अन्य युवाहरुलाई समेत आफूहरुले सक्दो सहयोग गर्ने बताए ।

तपाईको प्रतिक्रिया