रानाको देउसी भैलो गीत

पाल्पा । तानसेन नगरपालिका होलाङ्दीकी टिना रानाले नजिकिँदै गरेको तिहार लक्षित गरेर नयाँ देउसी भैलो गीत ‘तिहारको माला’ बजारमा आएको छ । पाल्पाली लोकगायिका रानाले गीत बजारमा ल्याएकी हुन् । युट्युवमार्फत् उनले सार्वजनिक गरेकी हुन् ।

गीतमा मौलिक भाका र शब्द समेटिएको छ । शब्द संगीत घनश्याम तिवारीको रहेको छ । गीतमा रानालाई सुमधुर स्वरका धनी गायक जीवन परियारले साथ दिएका छन् ।

बिदेश जानु पर्दाको पीडा र बिदेशबाट फर्किएपछि देशमै केही गर्ने सोच र माया प्रेमका शब्द गितमा सुन्न र हेर्न यसमा पाइन्छ । तिहारमा गरिने रमाइलो, झिलिमिलि बत्ती, सप्तरगीं टिका र मायालु संगको रमाइलोपन भिडियोमा देख्न सकिने रानाले बताइन् । भिडियोमा गायिका रानाको आफनै छोरी आश्माले अभिनय गरेकी छन् । त्यसबाहेक भिडियोमा चर्चित मोडल सुमन थापा र अन्जु रानालाई पनि देख्न सकिन्छ ।

डियोलाई सन्तोष बस्यालले छायांकन गरेका छन् । यस गीतको निर्देशन सुमन थापाले हुन । उक्त गितको अडियो भिडियोलाई युनिक मुभिजले बजारमा ल्याएको रानाले बताइन् ।

तपाईको प्रतिक्रिया