
काठमान्डाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि अमेरिकाको जोन ह्याकिङ्स अस्पतालमा लगिने भएको छ । काठमाडौंस्थित ग्रान्डी अस्पतालमा तीनपटक डायलासिस गराइसकेका प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि त्यसतर्फ लगिन लागेको हो ।
प्रधानमन्त्री ओलीका नीजि चिकित्सक डा. दिव्यासिंह शाह र सल्लाहकार राजन भट्टराई अमेरिका गएर फर्किसकेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीको रिपोर्ट लिएर उनीहरु अमेरिका गएका थिए ।
उनी चाँडै त्यसतर्फ जाने तयारीमा रहेको स्रोतको भनाई छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा ग्रान्डी अस्पतालले दिएको रिपोर्ट अनुसार उनको अमेरिकामा मृगौला प्रत्यारोपण गरिने भएको छ ।
प्रधानमन्त्री ओली भोलि मन्त्रिपरिषद पुनगर्ठनको तयारीमा रहेको स्रोतको भनाई छ । पार्टीका काम अध्यक्ष दाहाललाई र सरकारको काम ईश्वर पोखरेललाई जिम्मा लगाएर उनी अमेरिका प्रस्थान गर्न लागेको बुझिएको छ ।
शाभारः समाचार दैनिकबाट ।