
पाल्पा । जिल्लाको तानसेन हार्थोक सडक खण्डको ढुङ्गाखानीमा लु २ ख १८५४ नम्बरको टिप्पर दुर्घटना हुदाँ टिप्पर चालक नवलपारासी सुनवलका मधु मर्पाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
तानसेनबाट सर्देवा तर्फ ढुङ्गा लिन जादैँ गरेको टिप्पर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ । टिप्पर सडकदेखि ३ सयमिटर तल खसेपछि चालकको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।