गल्ती गर्ने जो कोहीलाई पनि कारबाही हुन्छः नेता राना

पाल्पाः नेकपा प्रदेश नम्वर पाचका सह इन्चार्ज दलबहादुर रानाले गल्ती गर्ने जो कोहीलाई पनि कारबाही हुने बताएका छन् । उनले गल्ती गर्नेहरु जोगाउन नहुने भन्दै गल्ती कमजोरी गर्नेहरु कानुनी कारबाही हुने बताए । नेकपा पाल्पाको तेस्रो पूर्ण बैठक उद्घाटन गर्दै राना नेपाली जनतालाई सुखी नेपाली र समृद्ध नेपाल बनाउने अभियानमा पार्टी एकजुट भई अघि बढ्ने बताए ।

पार्टीलाई थप व्यवस्थित र बलियो बनाउनका लागि तीन महिने घरदैलो अभियान सञ्चालन गर्ने नेता रानाले बताए । नेकपा प्रदेश नम्वर ५ का अध्यक्ष ओनसरी घर्तीले देश र जनताको हितका वर्तमान सकारको काम गरिरहेकोले बताए । उनँले नेकपालाई बलियो पार्टी बनाउनका लागि नेता तथा कार्यकर्ताहरु एकजुट भई अभियानमा लाग्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपा पाल्पाका इन्चार्ज सोम प्रसाद पाण्डेयले नेकपा नेतृत्वको सरकारले देश जनताका पक्ष राम्रा काम गर्दा प्रतिपक्ष दलहरु अतालिएको बताए । नेकपा जिल्ल सह इन्चार्ज तुलाराम घर्तीले नेता तथा कार्यकर्ता इमान्दार भई पार्टीको काम लाग्नुपर्ने बताए । जिल्ला अध्यक्ष नारायण आचार्यको अध्यक्षताका बैठक सम्पन्न भएको प्रचारविभाग प्रमुख गुरास आत्रेयले  बताए  । नेकपा पाल्पाले तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।साहित्यकार तथा नेकपाका प्रदेश सदस्य चक्रव्यू थापाद्दारा तीन कृतिको विमोचन गरिएको छ । थापाद्दारा लिखित छरियका विचारहरु र संस्मरण, आलोकमा मातृका पोखरेल र जया उपन्यास विमोचन गरिएको हो । नेकपा पाल्पाको तेस्रो पूर्ण बैठकमा नेकपा पाँच नम्वर प्रदेशका सह इन्चार्ज दल ब.राना, प्रदेश अध्यक्ष ओनसरि घर्ती, जिल्ला इन्चार्ज सोम प्रसाद पाण्डे, सह इन्चार्ज वसन्त घर्ती र जिल्ला अध्यक्ष नारायण आचार्यले संयुक्त रुपमा थापाद्दारा लिखित कृति विमोचन गरिएको थियो ।

तपाईको प्रतिक्रिया