रुपन्देहीका संक्रमित युवकको सम्पर्कमा आएका थप १४ जनाको रिपोर्ट पनि नेगेटिभ

बुटवल। रुपन्देहीको कोटहीमाई –१ का कोरोना संक्रमित युवकसंग सम्पर्कमा आएका थप १४ जनामा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

संक्रमित युवकसंग सम्पर्क भएका उनको ससुरालीका परिवार र उनले खाना खाएको ठाउँका १४ जनामा परिएको पीसीआर टेष्ट रिपोर्ट बुधबार नेगेटिभ आएको अनलाइन खबरमा उल्लेख छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले अनलाइन खबरलाई दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा मंगलबार पठाईएको १४ जनाकै रिपोर्ट नेगेटिभ आएको हो।

यसअघि उनका दाजु र परिवारका दश जनामा गरिएको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो। भारतको नयाँ दिल्लीबाट लकडाउनकै अवधिमा ट्रक र पैदल यात्रा गर्दै मर्चवारको ठोकरी नाका हुँदै बैशाख ५ गते घर आएका २५ वर्षिय युवकमा कोरोना संक्रमण देखिएको थियो।

ती युवकलाई बुटवलको धागो कारखानामा बनाईएको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ।

तपाईको प्रतिक्रिया