पाल्पा । पाल्पामा जंगली च्याउ खाएर एकै परिवारका ७ जना बिरामी परेका छन् । जिल्लाको तिनाउ गाउँपालिका ३ दोभान स्थितफूलबारीमा एकै परिवारका ७ जनाले जंगली च्याउ खाँदा बिरामी परेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।

बिरामी पर्नेमा फूलबारीका अमरदीप बीसी, उनकी श्रमती माया बीसी, आमा कृष्णा सुनार, निलमाया सुनार, दिलिप सुनार, रेखा सुनार र थमन सुनार रहेका छन् ।

मंगलबार बेलुका घर नजिकैको जंगलबाट ल्याएको च्याउ खाएसंगै सबैजनामा लगातार झाडावान्ता हुने रिंगटा लाग्ने जस्ता लक्ष्यण देखिएसंगै उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको वडा अध्यक्ष प्रेम पाण्डेयले बताए ।

उपचाररत दुई जनाको अवस्थामा सुधार आएपनि अन्यमा भने पखला नरोकिएको हुदाँ अझै २४ घण्टासम्म अस्पतालमै राख्नुपर्ने अस्पतालले जनाएको वडा अध्यक्ष पाण्डेयले जानकारी दिए ।

तपाईको प्रतिक्रिया