
पाल्पा। नेपालमा कोरोना (कोभिड –१९) संक्रमितको संख्या २ सय ५० पुगेको छ। थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २ सय ५० पुगेको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणमा सर्लाहीका १, धनुषा र महोत्तरीका २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।