थप ५३ जनामा कोरोना पुष्टि, बाँकेमा ४७, गुल्मीका एक पुरूषमा पनि संक्रमण देखियाे

पाल्पा ।  नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बाँकेमा मात्रै थप ४७ जनामा कोरोना संक्रमण  पुष्टि भएको हो।

त्यस्तै, गुल्मीमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन्। सोमबार मोरङका एक पुरुष, धनुषाका एक, रौतहटका एक, दाङका एक र धादिङका एक जनामा संक्रमण पुष्टि भएको हो।

५३ जनामा कोरोना पुष्टी भएसंगै नेपालमा संक्रमितको संख्या ३५७ पुगेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer