
पाल्पा । अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना भाईरस संक्रमित भेटिएका छन । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु केही दिनअघि भारतबाट फर्केर पाणिनी गाउँपालिकाको पालीस्थित कमला माविको क्वारेन्टाइनमा बदै आएका थिए ।
प्रादेशिक प्रयोगशालामा भएको १७८ वटा पिसिआर परीक्षणका क्रममा २ जनामा कारोना पोजेटिभ आएको छ भने १६९ जनाको रिर्पोट नेगेटिभ आएको छ । ७ जनाको श्वाब भने परीक्षण हुन बाकी रहेकोे प्रयोगशालाले जनाएको छ ।
संक्रमण पुष्टि भएसँगै अर्घाखाँचीका स्थानीयमा त्रास बढेको भएपनि संक्रमितहरुको अवस्था भने सामान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी दिएका छन् ।
याेसंगै सोमबार एकैदिन ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हाल नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ भने, मृत्यु हुनेकाे संख्या ४ रहेकाे छ ।