चीनले भन्योः कोरोनाविरुद्धको खोप ६ महिनापछि बजारमा आउन सक्छ

एजेन्सी। चीनले आफूले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप यो वर्ष (सन् २०२०)को अन्तिमसम्म बजारमा आउने सम्भावना रहेको दाबी गरेको छ।

चीनको एसेट्स सुपरभिजन एन्ड एडमिनिस्ट्रेसन कमिसनले शनिबार सामाजिक सञ्जाल विच्याटमार्फत चीनमा बनेको कोरोना भाइरसको खोप यस वर्षको अन्तिमसम्ममा वितरणका लागि बजारमा आउन सक्ने जानकारी दिएको हो। उसका अनुसार वुहान इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्सले खोप बनाएको हो। जुन खोप २ हजार जनामा परीक्षण गरिसकिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ।

खोप दोस्रो चरणको परीक्षणमा गइसकेको चीनले जनाएको छ। विच्याटमा भनिएको छ, –उक्त खोप यो वर्षको अन्त्य तथा अर्काे वर्षको सुरुमै बजारमा आउन सक्छ। यो भनेको यही सन् २०२० को अन्त्यमा हो। आज मे ३१ भइसकेको छ। यस हिसाबले अब अन्तिम महिना डिसेम्बर आउन ६ महिना मात्र बाँकी छ।

चिनियाँ सञ्चारमाध्यम साउथ चाइन मर्निङ पोस्टले पनि कोरोनाविरुद्धको खोप उत्पादनका लागि चीनले फास्ट ट्रयाक (छिटो बाटो) अपनाइरहेको उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer