पाल्पा। पाल्पाको युनाइटेड मिसन अस्पतालको आइसोलेशनमा मृत्यु भएका पुरुषमा कारोना पोजेटिभ देखिएको छ।

जिल्लाको पूर्वखोला गाउँपालिका  सिलुवाका ४६ वर्षीय पुरुषको जेठ २० गते उपचारका क्रममा मृत्यु भएको थियो। उनको बिहीबार दिउसो प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना भाईरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए।

गत जेठ १८ गते भारतबाट आएका उनलाई ज्वरो आउने, स्वास फेर्न गाह्रो हुने, सुख्खा खोकी लाग्ने जस्ता समस्या देखिएपछि उपचारका क्रममा मिसन अस्पतालको आईसोलेशनमा मृत्यु भएको थियो।

उनीसंगै भारतबाट आएर क्वारेन्टाइनमा बरेका ४२ जनाको पनि कोरोना परीक्षणको तयारी भएको गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताए। यससंगै नेपालमा कारेना भाईरसका कारणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

तपाईको प्रतिक्रिया