माथागढीको क्वारेन्टाईनका थप १२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २२ पुग्यो

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–८, बहादुरपुरको क्वारेन्टाइनमा बसेका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि १९ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा जेठ २० गते स्वाब लिएकोमा बुधबार गरिएको परीषणमा थप १२ जनामा कोरोना भाइरस संक्रमण भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बहादुरपुर क्वारेन्टाइनमा बसेका २२ मध्ये २१ वर्षीय महिला, २५, ३२, २३, २२, ३०, ३९, २५, २२, १९, २६ र ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको न्यौपानेले बताए ।

उनीहरु सबै भारतबाट आएर एउटै क्वारेटाइनमा बस्दै आएका थिए ।

योसंगै पाल्पामा संक्रमित संख्या २२ पुगेको छ भने एक जनाको मृत्यु भएको छ । संक्रमितहरु सबैको स्वासथय अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer