तानसेनको बजेट १ अर्ब १२ करोड

पाल्पा- तानसेन नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७।०७८ का लागि १ अर्ब १२ करोड ८९ लाख ६० हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ ।

यो रकम यो चालु वर्षको तुलनामा ७७ लाखले बढी हो । नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सातौँ नगरसभामा पूँजीगततर्फ रु ४६ करोड १४ लाख ३५ हजार (कुल बजेटको ४१ प्रतिशत) र चालु तर्फ ६६ करोड ७५ लाख २५ हजार रुपियाँको (कुल बजेटको ५९ प्रतिशत) बजेट रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया